सिटिजन बैंकबाट भूकम्प अति प्रभावित नुवाकोटमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 02:41:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंकले भूकम्प अति प्रभवित क्षेत्रहरुमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकले भुकम्प अति प्रभावित नुवाकोटका ६ गाबिसहरुमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ। 

बैंकले नुवाकोटका बागेश्वरी, र्गोस्याङ्ग ,खड्रगभञ्जयाङ्ग,मनकामना,जिलिङ्ग र सुन्दरादेवी गाबिसमा Louis Berger को आयोजनामा DFID  द्वारा संचालित सक्षम परियोजना अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो।

भाद्र २५ देखि ३० गतेसम्म आयोजित उक्त कार्यक्रम विशेष गरी युवा , विधार्थी, सिमान्तकृत समुदाय र विप्रेषणमा निर्भर परिवार÷महिलालाई लक्षित गरी संचालन गरिएको थियो । 

वित्तीय साक्षरताद्वारा सर्वसाधारणलाई बैंकको बारेमा सामान्य जानकारी दिने, उनीहरुलाई बचत र ऋणको सही व्यवस्थापन गरी व्यवसाय संचालन गर्ने, योजनाबद्ध रुपमा आफ्नो व्यवसायको तथा परिवारको बजेट निर्माण गरी उत्पादन मूलक क्षेत्रमा लगानी गर्न सहयोग गर्ने र ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास एवं बैंकिङ्ग सभ्यता बिकास गर्न उक्त कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा बैंकले लिएको छ । 

      




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved