जनउत्थान सामुदायिक लघुवित्तको उदाहरणीय कार्य, मृतकको ७३ हजार ऋण मिनाहा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 03:30:43 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले मृतकको ऋण मिनाहा गरेर उदाहरणीय कार्य गरेको छ । लघुवित्तको ककौरा शाखाले आइतबार मृतकको ऋण मिनाहा गर्नुको साथै  राहत स्वरुप क्रिया खर्च समेत प्रदान गरेको हो  ।

संस्थाको शाखा कार्यालय ककौरा अन्तर्गत हिम शिखर बैंकिङ समुदाय बाँसगढी–०९, बर्दिया केन्द्र नं. ००९० मा आवद्ध समुह सदस्य  आशारानी कुमालको यहि असोज २१ गते मृत्यु भएको र उनको परिवारले लिएको सबै ऋण मिनाहा गरिएको बैंकले जनाएको छ । 

 बैंकका अध्यक्ष   यम बहादुर बि.क., संचालक   मान बहादुर विश्वकर्मा,   गोकर्ण बहादुर कार्की, नरेन्द्र कंडेल र प्रमुख कार्यकारी अधिकृत  श्रीराम पोख्रेलले  संयुक्तm रुपमा स्वर्गीय  आशारानी कुमालको परिवारलाई उनले बैंक बाट लिएको साधारण कर्जा रु ५८,३३२ र मौसमी कर्जा रु १५,००० गरी जम्मा रु ७३,३३२ मिनाहा गरिएको पत्रका साथै क्रिया खर्च बापत उनका पति  प्रेम कुमाललाई नगद रु ३,००० प्रदान गरेका हुन्  ।

कार्यक्रममा बोल्दै अध्यक्ष   यम बहादुर बि.क. ले शोक सन्तप्त परिवार प्रति सम्वेदना प्रकट गर्दै जनउत्थान बैंक भनेको सुखमा मात्र नभई दुखमा पनि समुह सदस्यहरुलाई साथ दिने बैंक रहेको बताए   । त्यस्तै गरी कार्यकारी प्रमुख  श्रीराम पोख्रेलले यो बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने क्रियाकलाप भएको र बैंक सदैव सुख दुखको सारथीको रुपमा रहनुका साथै बैंकको ग्राहक संरक्षण कोष निति २०७२ कोे व्यवस्था बमोजिम ऋण मिनाहा तथा क्रिया खर्च उपलब्ध गराएको बताए ।

बैकको पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा २५ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरि करिब १८,००० जना समुह सदस्यहरु वित्तिय सेवा दिएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved