ज्योति विकास बैंकले आजदेखि एकिकृत कारोबार थाल्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2017 | 04:45:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति बिकास बैंकले राप्तिभेरीलाई प्राप्ति गरि कात्तिक ८ देखि एकीकृत कारोबार गर्ने भएको छ।  तीन जिल्ले कार्यक्षेत्र भएको राप्ती भेरीलाई प्राप्त गर्न असोज २६ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएको ज्योति विकास बैंकले जनाएको छ। 

ज्योति र राप्तिभेरीको एकीकृत कारोबार पश्चात ज्योति विकास बैंकको नामबाट एकीकृत कारोबार हुनेछ भने बैंकको रजिस्टर्ड कार्यालय कमलादी काठमाडौं मै रहने जनाईएको छ। ज्योतिले १ बराबर १ को अनुपातमा राप्तिभेरीलाई प्राप्ति गरेको हो। 

हाल ज्योति विकास बैंकको चुक्ता पुंजी २ अर्ब १२ करोड छ भने राप्तीभेरीको चुक्ता पुंजी १५ करोड ७० लाख छ। राप्तिभेरीलाई प्राप्ति पश्चात ज्योतिको चुक्ता पुंजी २ अर्ब २८ करोड पुग्नेछ।

गत आर्थिक बर्ष ज्योतिले २६ करोड १८ लाख र राप्तीभेरीले १ करोड ४७ लाख खुद मुनाफा आर्जन गरेको छ। ज्योतिले बोनस मार्फत राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने लक्ष्य लिएको छ।   
















 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved