'एनआईसी एसिया बैंकबाट मिडियामा आए जस्तो रकम बाहिरिएको छैन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 11:19:50 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकको स्विफ्ट 'ह्याक' गरि रकम बाहिरिएको आशंकामा डाउन भएको सर्भर आजैदेखि कार्यन्वयनमा आउने भएको छ। ‘स्विफ्ट हयाक’ गरेर रकम बाहिरिएको आशंकामा कात्तिक ५ गते डाउन गरिएको स्विफ्ट नयाँ सर्भर राखेर आजैदेखि कार्यान्वयनमा आउने बैंकले जनाएको छ।

स्विफ्ट सर्भर डाउन हुँदा रोकिएको क्रस बोर्डर कारोबार आजैदेखि सुचारु हुने बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिएका छन।

'स्विफ्ट हयाक भएर रकम बाहिरिएको आशंकामा हिजो सर्भर स्विफ्ट सर्भर डाउन गरिएको हो, आजदेखि कार्यन्वयनमा आउनेछ' उनले भने, 'बैंकको अन्तर्राष्ट्रिय कारोबारमा मात्रै समस्या देखिएको हो, क्रसबोडर कारोबार रोकिए पनि नेपालभित्र बैंकका सबै शाखाहरुबाट कारोबार सुचारु नै छ।'

विभिन्न संचारमाध्यममा आएजस्तो रकम नबाहिरिएको बैंकको भनाई छ। 'कारोबार वैधानिक वा अवैधानिक भन्ने पनि टुंगो लागेको छैन, रकम नै यकिन कसरि हुन्छ' न्यौपानेले भने। हयाकरले बैंकको अन्तर्राष्ट्रिय कारोबार प्रणाली हयाक गरेर रकम अन्यन्त्र स्थानान्तरण गरेको आशंकामा अनुसन्धान थालेको राष्ट्र बैंकले के कति रकम स्थानान्तरण भयो भन्ने तथ्यांक आज अबेरसम्ममा आइपुग्ने बताएको छ। 'राष्ट्र बैंक र एनआइसी एसिया दुबैबाट रकम स्थानान्तरण गर्न ह्याकरले दिएको निर्देशन कार्यान्वयन नगर्न निर्देशन भईसकेको छ,घटनाको कारण र हिनामिना भएको रकमबारे यथार्थ जानकारी भरे बेलुकासम्म आइपुग्ने अनुमान छ' राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बिजपाटिसंग भने।

बैंकको विदेशी बैंकमा रहेको खातामा रहेको रकम हयाकरले आफूले चाहेको खातामा तानेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। एनआईसी एसिया बैंक सहित एनएमबि, सानिमा लगायतका ६ वटा बैंकको स्विफ्ट पनि ह्याक भएको आशंका गरिएको राष्ट्र बैंक स्रोतको भनाई छ।

के हो स्विफ्ट कोड

स्विफ्ट कोड कुनै पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकले विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा बैंकबाट गरिने भुक्तानीको पद्दति 'सिस्टम'लाई बुझिन्छ। सोसाइटी फर वल्र्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट) एउटा बैंकबाट अर्को बैंकमा रकम पठाउने प्रणाली हो । सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले उक्त प्रणाली बनाएको हो ।

‘सेक्र्योड फाइनान्सियल म्यासेजिङ सर्भिस’ का लागि विश्वका अधिकांश बैंकहरूले उक्त प्रणाली प्रयोग गर्छन् । बैंकहरूले रकम स्थानान्तरणका लागि यही प्रणालीमार्फत आदेश पठाउछँन् । यो प्रणालीमार्फत आएको आदेश सुरक्षित मानिन्छ । हालसम्म बैंकहरूले विश्वासिलो माध्यमबाट काम गर्न सक्ने वातावरण यो संस्थाले बनाएको छ । यो प्रणाली उपयोग गर्ने बैंकहरूले उक्त संस्थाले दिएका मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ । तोकिएका मापदण्ड पूरा नगर्ने बैंकहरूको सिस्टम कमजोर मानिन्छ । यसकारण सबै बैंक तथा वित्तीय संस्थाले स्विफ्टको सुझावअनुसार आफ्नो कारोबार प्रणाली अद्यावधिक गरी सुरक्षित बनाउन नेपालका लागि स्विफ्ट प्रयोगकर्ता समूहका अध्यक्ष अशोक राणाले भने । ‘कारोबार प्रणालीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने सन्दर्भमा स्विफ्टले यहाँ पनि दुईवटा कार्यक्रम गरिसेकेको छ,’ उनले भने, ‘सुरक्षाका लागि बैंकहरूले ती मापदण्डहरू पूरा गर्नुपर्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved