विभिन्न कार्यक्रम गरी एभरेष्ट बैंकले मनायो आफ्नो २३ औ वार्षिकोत्सव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 03:17:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 एभरेष्ट बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो २३ औ वार्षिकोत्सव मनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत एभरेष्ट बैंकले मुख्य कार्यालयमा मात्र नभई आफ्ना सबै साखाहरुमा विभिन्न कार्यक्रम गरी २३ औँ बर्सिक उत्सव मनाएको हो ।


 जस अन्तर्गत बैंकले  राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा बैंकका कर्मचारी तथा उपभोक्ता गरी सय जनाले रक्तदान गरेका थिए । बैंकले वार्षिकोत्सवमा नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा निस्शुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । 


एभरेष्ट बैंकले हाल आफ्ना ६४ वटा शाखाहरु, २ एक्सटेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर र ९१ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ.ब. २०६८÷०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved