जब इन्भेष्टमेन्ट बैंकको सभामै 'टाइपिङ इरर' र 'स्विफ्ट ह्याक' प्रकरण प्रवेश गर्यो...

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2017 | 04:52:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रस्ताब गरेको ४० प्रतिशत लाभांश बैंकको कात्तिक ७ मा सम्पन्न बार्षिक साधारणसभाबाट अनुमोदन भएको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको हो। 

त्यस्तै साधारणसभाले चार जना संचालक निर्वाचित गरेको छ। संचालक समितिमा पृथ्वीबहादुर पाँडे, कबिकुमार टिवरेवाला, प्रजन्यराज भण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।  

साधारणसभाबाट पारित भएसंगै असोज १७ सम्म कायम सेयरधनिहरुले बैंकको लाभांश प्राप्त गर्नेछन। १५ प्रतिशत बोनस सेयर अनुमोदन भएसंगै बैंकको चुक्ता पुंजी १० अर्ब ६२ करोड पुगेको छ। बैंकले गत आर्थिक बर्ष ३ अर्ब २९ करोड खुद मुनाफा आर्जन गरेको छ।  

बैंकले काठमाडौं उपत्यकाभित्र २३ र मोफसलमा ३८ गरी जम्मा ६१ शाखा तथा ३ वटा एक्सटेन्सन काउन्टर र ९९ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

त्यस्तै 

टाइपिङ इरर र स्विफ्ट ह्याक प्रकरण साधारणसभाको मुख्य बिषय बन्न पुग्यो। साधारणसभामा बोल्ने अधिकांश शेयरधनीहरुले कम्पनी सचिब सुधीरमान शाक्यले लाभांश घोषणा गर्दा गरेको गल्तीलाई बैंकले सामान्य लिएको र यहि कारणले गर्दा बैंकको छबि बिग्रेको धारणा व्यक्त गरे। 

साधारण सभामा बोल्ने शेयरधनीहरु शिवप्रसाद पौडेल,अशोक उप्रेती,गुणराज भट्ट, डम्बरबल्लभ घिमिरे, डिल्लीराम नकर्मी, बैजनाथ रौनियार तथा इन्द्रकृष्ण श्रेष्ठले लाभांश घोषणा गर्दा भएको गल्तिलाई बैंकले सामान्य लिएको धारणा व्यक्त गरे। त्यस्तै यी सेयरधनीहरुको 'भाषण' मा एनआईसी एसिया बैंकमा भएको स्विफ्ट ह्याक प्रकरणले समेत राम्रै स्थान पायो। 

साधारणसभामा बोल्दै शेयरधनीहरुले एनआईसी एसियामा देखिएको स्विफ्ट ह्याक प्रकरण इन्भेष्टमेन्ट बैंकमा पनि देखिन सक्ने भन्दै संचालक तथा व्यवस्थापकहरुलाई बैंकको सुरक्षामा ध्यान दिन आग्रह गरे। 

साधारणसभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा बैंक संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेले लाभांश घोषणाको बखत भएको गल्तिलाई मानबिय गल्तिको संज्ञा दिएका छन। 'बजारलाई प्रभावित पार्न वा जानीजानी गरेको गल्ती होइन, यो एउटा मानबिय गल्ति मात्र हो' उनले भने। 

त्यस्तै स्विफ्ट ह्याक प्रकरणबारे उठेका प्रश्नको जवाफ दिंदै अध्यक्ष पाण्डेले बैंकले सुरक्षाको प्रबन्धको व्यवस्था गर्न कुनै कसर बाँकी नराख्ने बताए। बैंकले स्विफ्ट कोडको मापदण्ड अनुसार नै सिस्टम राखेको भन्दै सुरक्षाको प्रबन्धको व्यवस्था गर्न बैंकले कहिले पनि कन्जुस्याइँ नगर्ने उनले बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved