मेरो माइक्रोफाइनान्सको अध्यक्षमा सञ्जिव मानन्धर नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 05:56:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले अध्यक्षमा सन्जिब मानन्धरलाई चयन गरेको छ। सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पदबाट राजिनामा दिएसँगै पाँचौ साधारणसभा मार्फत मानन्धरलाई अध्यक्षमा चयन गरिएको हो। 

त्यस्तै माइक्रोफाइनान्सको पाँचौ बार्षिक साधारणसभाले संस्थापक समुहबाट अन्य ३ जनालाई समेत सर्वसम्मतले चयन गरेको छ। सञ्चालकहरुमा जनता बैंक नेपालका तर्फबाट पृथ्वीनारायण श्रेष्ठ, ग्लोबल आइएमइ बैंकका तर्फबाट आरती राज्यलक्ष्मी राणा र देवः बिकास बैंकको तर्फबाट नरेश सिहं बोहोरा चयन भएका छन। 

माइक्रोफाइनान्सले हाल ४५ जिल्लाका ग्रामीण तथा सहरोन्मुख क्षेत्रका बिपन्न समुदायमा ७० शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved