जनता बैंकका दोहोरिएका १२ शाखा गाभिए, कहाँ कुन कुन शाखा एक भए ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 07:38:51 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले साबिकको त्रिबेणी र सिद्दार्थ डेभलपमेन्ट बैंकलाई गाभेपछी दोहोरिएका शाखाहरु गाभेर कारोबार सुरु गरेको छ। बैंकले दोहोरिएका १२ ठाउँका शाकाहरुलाई गाभेर कारोबार सुरु गरेको हो। 

जनता बैंकले साबिकको सिद्धार्थ डेभलपमेन्टको न्युरोड शाखालाई गाभेर कारोबार सुरु गरेको छ। त्यस्तै बैंकले साबिकको सिद्दार्थ डेभलपमेन्ट बैंकको कुमारीपाटी शाखा, चितवन नारायणगढ शाखा, पोखरा र पाल्पाको तानसेनको शाखा, बुटवलको मिलनचोक र अमरपथमा रहेको शाखा, दाङको घोराही शाखा, नेपालगञ्ज शाखा, सुर्खेत र धनगढी शाखालाई गाभेर कारोबार सुरु गरेको छ। 

त्यस्तै साबिकको त्रिबेणी बिकास बैंकको पोखरा शाखालाई गाभेर जनता बैंकको शाखा रहेको ठाउँबाटै कारोबार सुरु गरेको छ। जनता बैंकले साबिकको सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्त गरि गत असार ३० गतेदेखि एकीकृत कारोबार थालेको हो। साथै साबिकको त्रिबेणी बिकास बैंकसंग मर्ज गरि जनता बैंकले गत चैत २५ मा एकीकृत कारोबार थालेको हो।

एकीकृत कारोबार भएपनि कतिपय स्थानमा शाखाहरु दोहोरिन पुगेका थिए। त्यसो हुँदा जनता बैंकका नामबाट कारोबार भएपनि एकै स्थानमा शाखा दोहोरिएका थिए।            

बैंकले गत आर्थिक बर्ष ६४ करोड १८ लाख २५ हजार खुद मुनाफा आर्जन गरेको छ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ९९ करोड ३९ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्दा समेत बैंकको चुक्ता पुंजी ८ अर्ब ४ करोड पुग्नेछ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved