सिद्धार्थ बन्यो ईएमभी चिप पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 01:33:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक EMV Chip पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम (NEPS) सँगको सहकार्यमा EMV Chip संरचनामा स्तरोन्नति गरेको हो । विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै Magnetic Stripe  भएका कार्डहरुमा रहेका कमीकमजोरीहरुलाई हटाउन  बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु EMV Chip  कार्डमा स्तरोन्नति गर्दै आएको थियो र यसको सफलता सँगै अब बैंकको ATM  र POS ले पनि कार्डमा रहेको EMV Chip  लाई नै पढेर कारोबार गर्नेछन् । सिद्धार्थ बैंक पूर्ण रुपले EMV Chip  परिपालना गर्ने बैंक भए पश्चात Magnetic Stripe  भएको कार्डबाट कारोबार गर्दा हुने जोखिम र ठगी कारोबार  पूर्ण रुपले न्युनिकरण हुनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको छ, साथै नगद रहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउदै आएको छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि १०२ ATM, १ मोबाइल ATM र ५५० भन्दा बढी POS मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved