माछापुच्छ्रे बैंकको पाल्पा शाखा स्थानान्तरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 06:38:19 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले तानसेन-३ अवस्थित पाल्पा शाखालाई शिल्खानटोल, तानसेन-४ मा स्थानान्तरण गरेको छ। स्थानान्तरण गरिएको उक्त शाखा कात्तिक १३ देखि नै संचालनमा आउने बैंकले जनाएको छ। 

पाल्पाका मेयर अशोक कुमार शाहीद्वारा उद्घाटन गरिएको यस शाखाबाट ग्राहकहरुले कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा प्राप्त गर्ने बैंकले जनाएको छ। यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ।

गत आर्थिक बर्षसम्म बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बैंकले ५८ अर्व ६२ करोड निक्षेप संकलन गरि ५१ अर्व ८६ करोड कर्जा प्रवाह गरेको छ।  

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ४ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी जम्मा ७० स्थानवाट ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved