हुम्लाको सर्केगाडमा पुग्यो सिटिजन्स बैंक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 08:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले शाखामार्फत कारोवारको सुरुआत गरे।

उक्त समारोहमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साथै नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो। ६४ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहितआधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई बैंकले सेवा प्रदान गर्दै आएको छ।

साथै आफ्ना ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा बैंकले उपलव्ध गराउँदै आएको छ।हुम्लाको सदरमुकाम सिमिकोटभन्दा करिव ४१ किमी दुरीमा रहेको यस शाखाको सुरुवात गर्दै देवकोटाले दुरदराजका जनतालाई बैंकिङ पहुँच पुर्याउन कटिबद्ध भएर लागेको बताए।

उक्त शाखाका इन्चार्ज अर्जुन रावलले कृषि कर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उद्देश्य रहेको बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved