गरिमा विकास बैंकद्धारा एकैसाथ चार शाखा विस्तार, थप १० शाखा खोल्ने योजना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 05:31:21 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा बिकास बैंकले एकै पटक चार शाखा संचालनमा ल्याएको छ। बैंकले व्यवसाय बिस्तारमा तिब्र बन्दै कपिलबस्तुको चन्द्रौटा बजार, रुपन्देहीको फर्साटिकर, खैरेनी र मणिग्राममा गरि एकै पटक ४ शाखा संचालनमा ल्याएको हो।

संचालनमा आएका चार शाखा मध्ये चन्द्रौटा शाखाको उद्घाटन शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले गरे। त्यस्तै शुद्धोदन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले फर्साटिकर, बैंकका अध्यक्ष चन्द्रकान्त बरालले खैरेनी र राष्ट्र बैंक सिद्धार्थनगर कार्यालका प्रमुख अशोककुमार पौडेलले मणिग्राम शाखाको उद्घाटन गरे। 

चार नयाँ शाखासँगै गरिमा विकास बैंकको शाखा संख्या ४९ पुगेको छ । बैंकका शाखा कार्यालय राजधानीभित्र ५ र राजधानीबाहिरका जिल्लाहरुमा ४४ वटा पुगेका छन् । 

गरिमा विकास बैंकले चालू आर्थिक बर्षभित्रमा प्रदेश नं.१ को झापा, मोरङ र सूनसरी जिल्लामा गरी कम्तीमा १० वटा शाखा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ । बैंकले २०७४ कार्तिक १३ गतेसम्म १६ अर्ब रुपैंया निक्षेप संकलन गरि १४ अर्ब २० करोड रुपैंया कर्जा लगानी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved