गुराँस लाइफले ल्यायो नयाँ योजना, भुक्तानी अवधि सकिएपछि वर्षेनि पेन्सन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 05:56:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना ल्याएको छ। बिमितको भुक्तानी अवधि सकिएपछि प्रत्येक वर्ष पेन्सनका रुपमा रकम प्रदान हुने गरि इन्स्योरेन्सले ‘गुराँस सुरक्षित भविष्य जीवन बीमा’ योजना ल्याएको हो। 

अभिकर्ता भेलामार्फत कम्पनीले यो नयाँ योजना सार्वजनिक गरेको हो। प्रमुख अतिथि दीपक नेपाल तथा संचालकहरु अपछ कुमार यादव, शिव बहादुर श्रेष्ठ, मेघराज पौडेल र शम्भु प्रसाद सुवेदीले संयुक्त रुपमा नयाँ बीमा योजना सार्वजानिक गरे।   

यो योजना अनुसार बीमा भुक्तानी अवधि सकिएपछि प्रत्येक वर्ष बीमाङ्कको ६ प्रतिशत रकम पेन्सनको रुपमा बिमितलाई प्रदान गरिने नायब महाप्रवन्धक नारायणकुमार भट्टराइले जानकारी दिए।

‘भुक्तानी अवधि समाप्ति मितिसम्म बिमित जीवित रहेमा सोही मितिमा नियमानुसारको बोनस रकम भुक्तानी दिइने छ र त्यसपछि प्रत्येक वर्ष ६ प्रतिशत पेन्सनको रुपमा बिमितको उमेर ९९ वर्ष पुग्दासम्म दिइनेछ’ उनले भने। 

यदी २५ वर्षको उमेरको ब्यक्तिले २० वर्षे अवधिको लागि यस योजनामा १ करोडको बीमा गरेमा ४५ वर्षको उमेर पुग्दा बोनस स्वरुप लगभग १ करोड (हालको प्रचलित बोनस दरलाई मध्यनजर गर्दा) दिइनेछ।

त्यस पश्चात ६ लाखको दरले प्रत्येक वर्ष दिइनेछ र बीमितको मृत्यु भएमा पुनः १ करोड (बीमाङ्क रकम) इच्छाएको ब्यक्तिलाई दिइने भट्टराईले बताए।कम्पनीका अण्डरराइटिङ्ग विभाग प्रमुख सरोज बिसीले बिमितको सुविधालाई ध्यानमा राखि अन्य बीमा योजनामा झैं ऐच्छिक सुविधा स्वरुप दोहोरो दुर्घटना लाभ, बीमा शुल्क छुट सुविधा र मासिक आय सुविधाको ब्यवस्था समेत गरिएको बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved