देब बिकास बैंकको साधारणसभाको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 07:52:19 PM मा प्रकाशित

laxmi  sunrise bank

देब बिकास बैंकले साधारणसभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। बैंकले साधारणसभा प्रयोजनार्थ कात्तिक २३ देखि कात्तिक २९ सम्म बुक क्लोज गर्ने निर्णय गरेको नेप्से मार्फत जनाइएको छ। 

कात्तिक २३ देखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय भएकाले कात्तिक २२ सम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन। 

देबले गत आर्थिक बर्षको कमाईबाट १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। साधारणसभाबाट लाभांस प्रस्ताब स्वीकृत भएपश्चात शेयरधनीमा लाभांश वितरण हुनेछ। 

बैंकले गत आर्थिक बर्ष २८ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी १ अर्ब ६९ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ४४ करोड छ। 

हालै मात्र देबले सर्लाही केन्द्रित साहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ। यससंगै देबले प्राप्ति गर्न लागेको संस्थाको संख्या ३ पुगेको छ। देबले साझा विकास बैंक र युनियन फाइनान्सलाई प्राप्तिको तयारिमा छ। देबले चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्नेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved