अनिल शाह मेगा बैंक छाडेर सेञ्चुरी जाने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 02, 2017 | 05:16:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह सेन्चुरी बैंकमा जाने भएका छन। स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका शाह मेगा बैंकमा मङ्सिर अन्त्यसम्म मात्र रहने जनाइएको छ।

बिजपाटिसंगको कुराकानीमा शाहले आफु सेञ्चुरीमा जाने पक्कापक्कि भईसकेको बताए। पुस १ गतेबाट कार्यभार सम्हाल्ने गरी शाह सेञ्चुरीमा जान लागेका हुन्। सेञ्चुरी बैंक जाने बारे शाह र सञ्चालक समितिबीच आज बिहीबार सम्झौता भईसकेको जनाइएको छ।

शाह आफ्नो टिम सहित जाने तयारि थाले पनि तत्काललाई एक्लै नै सेन्चुरीमा जाने भएका छन। यसका लागि छलफल जारि रहेको बताइएको छ। अहिलेको टिमलाई संगै लैजाने सम्भावना कम भएमा शाहले सेञ्चुरीमा अन्य बैंकबाट पनि जनशक्ति भित्र्याउने बुझिएको छ।

हलो देखि हाइड्रोसम्म नारा दिएर स्थापनादेखि नै मेगा बैंकको जिम्मेवारी सम्हालेका शाहले नबिल बैंकमा इन्टरन गरेर स्ट्यान्डर्ड चार्टर्डबाट आफ्नो करियर सुरु गरेका हुन। त्यहाँ १३ बर्ष काम गरेपछि शाह महाप्रबन्धकका रुपमा उनी नबिल बैंकमा आएका थिए।

प्रमुख कार्यकारी भएर पाँच बर्ष बिताएका शाहले नबिललाई नयाँ उचाईमा पुर्याएका थिए। स्थापनादेखि देखि नै मेगामा प्रमुख कार्यकारी रहेका  शाहले नबिलकै हाराहारीको प्रगति दिने अपेक्षा गरीएको थियो तर मेगाले त्यो उचाई लिन नसक्दा उनि आलोचित बनेका छन। बैंकर संघका अध्यक्ष समेत रहेका शाहले सेन्चुरीलाई मेगा जस्तै बनाउने हुन या नबिल जस्तो त्यो भने भविष्यमा थाहा हुनेनै छ।  


  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved