माछापुच्छ्रे बैंक र इन्डस्ट्रियल बैंक अफ कोरियाबिच रेमिट्यान्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 10:37:14 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा सो बैंकका चिफ डिजिएम वु डोङ हो र  माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सन्तोष कोइराला बीच सम्झौता आदानप्रदान भएको हो । साथै, दक्षिण कोरियाकालागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहले एक कार्यक्रमका बीचउक्त रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका छन् । 

यो सम्झौता पश्चात दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुच्छ्रे  बैंकका नेपाल भरि छरिएका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् । माछापुच्छ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमा लगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने व्यवस्था गरेको छ ।बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved