एनआईसी एशियाको नयाँ शाखा भोजपुरको चेङ्गवेनी चौकमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 03:10:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले भोजपुरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले भोजपुर न.पा. वडा नं. ०७, चेङ्गवेनी चौक, स्थित भोजपुर शाखाको आज मिति २०७४ कार्तिक १७ गते  भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उद्घाटन गरेका हुन ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । भोजपुर शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved