जनउत्थान लघुवित्तद्धारा वैकल्पिक उर्जामा लगानीसम्बन्धी कार्यक्रम सम्पन्न

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 05, 2017 | 06:32:14 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंक लिमिटेडले 'वैकल्पिक उर्जामा लगानी, प्रर्वद्धनको सम्भावना र यसको सम्भावित क्षेत्रहरु' सम्बन्धमा एक दिने राउन्ड टेबल छलफल कार्यक्रम सम्पन्न गरेको छ

'Center for Financial Inclusion at Accion”ले अक्टोबर ३०, २०१७ देखि नोभेम्बर ३, २०१७ सम्म विश्व भरी नै मनाउन लागेको “Financial Inclusion Week" मा साझेदार संस्थाको रुपमा जनउत्थानले कार्यक्रमको आयोजना गरेको हो । 

शुक्रबार (कात्तिक १७ गते) बुटवलस्थित लघुवित्तकाृ केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा बुटवलमा केन्द्रीय कार्यालय रहेका विभिन्न लघुवित्तका प्रमुख कार्यकारी अधिकृत, क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुखका साथै विभिन्न विकास बैंक तथा क वर्गका बैंकका लघुवित्त विभाग प्रमुखहरुकका साथै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लि.का ब्यबस्थापन समितिका रन्जीता दुलाल, ज्ञानिश्वर पन्त, इन्द्र बरालीको पनि उपस्थिती रहेको थियो । 

कार्यक्रममा वर्तमान परिपेक्षमा बैंकल्पिक उर्जामा रहेका लगानीका सम्भावना, प्रर्वद्धनका लागि आवश्यक पहल साथै त्यसको लागि सम्भावित क्षेत्रका बारेमा उपस्थित विभिन्न संस्थाका प्रतिनिधिले आआफ्नो भनाईहरु राखेका थिए । 

बैंकका संचालक बाबुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजकको तर्फबाट बैंकका कार्यकारी प्रमुख श्रीराम पोख्रेलले कार्यक्रमको विषय माथि प्रकाश पार्दै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले बैकल्पिक उर्जामा गर्दै आएको लगानी र यसको प्रवद्र्धनका लागि आवश्यक प्रर्वद्धनका कार्यक्रम र सम्भावित क्षेत्रका बारेमा प्रकाश पारे । 

वर्तमान परिपेक्षमा आफ्ना ग्राहकको आवश्यकतालाई मध्यनजर गरी बैंकको सेवाको विकास गनुपर्ने उनको भनाई थियो । जनउत्थान सामुदायिक लघुवित्तले हालसम्म १८,३१२ ग्राहकहरुलाई २५ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved