सिटिजन्स बैंक इन्टरनेसनलको ६६ औ शाखा महोत्तरीको औरहीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2017 | 11:57:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६६ औं शाखा महोत्तरीको औरहीमा संचालनमा ल्याएको छ । आज मिति२०७४ साल कार्तिक २१ गते   बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत   बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् ।  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुलाई देशैभरी फैलिएका ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहितआधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरुसाथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधा हरु पनि उपलब्ध गराउँदै आएको छ ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गतबैंकले  श्री प्रसाद सिंह उच्च माध्यमिक विद्यालयलाई २ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत   बोधराज देवकोटा र औरही नगरपालीकाका मेयर सुनिल यादवले संयुक्त रूपमा गरेका हुन् ।उक्त शाखाका इन्चार्ज  सन्दिप अधिकारीेले यस क्षेत्रमा कृषिकर्जा , पशु पालन, तथाअन्यव्यवसायिक क्षेत्रमाप्रश्स्तलगानीगर्ने बैंकको उदेश्य रहेको जानकारी दिए  ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले दांङको बंगलाचुलीमा थप शाखा संचालनगर्ने योजना अगाडी   छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved