नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र ग्लोबल आइएमई बैंक बिच ६१ लाख बराबरको सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 09:50:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि. र ग्लोबल आइएमई बैंक लि. बिच  तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कार्तिक २१ गते मंगलबार भएको सम्झौता अनुसार एन.बी.आई ले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ६१ लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत  जनक शर्मा पौडेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved