एनआईसी एशिया बैंकद्वारा ५ नयाँ शाखा कार्यालयहरु संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 03:51:11 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआई सी एशिया बैंकको ५ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ  । बैंकले आज कार्तिक २२ गते दोलखाको भिमेश्वर नगरपालिकावडा नं. ०३, चरिकोट शाखा, कैलालीको घोडाघोडी नगरपालिका वडा नं १०,  पहलमानपुर शाखा, केराबारी गाउँपालिका वडा नं ०८ स्थित केराबारी शाखा, भगवानपुर गाउँपालिका, वडा नं. ०४, सिरहा स्थित भगवानपुर शाखा तथा नरहा गाउँपालिका, वडा नं. ०६, सिरहा स्थित नरहाशाखा संचालनमा ल्याएको हो ।


शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित ५ शाखाकार्यालयहरुको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३५ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।


बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved