अप्ठ्यारो परिस्तिथिमा पनि सेन्चुरीले गर्यो प्रगति नै प्रगति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 09, 2017 | 07:19:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद मुनाफामा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अन्य बैंकहरुलाई खुद मुनाफा बढाउन हम्मे हम्मे परेको बेला सेन्चुरीले भने गत आर्थिक बर्षको तुलनामा ३ करोडले बढाएर १० करोड ५७ लाख ७५ हजार खुद मुनाफा गरेको छ। 

यस अवधिमा बैंकले ४५ अर्ब ३५  करोड निक्षेप संकलन गरि ४० अर्ब ८५ करोड  कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकले निक्षेप तर्फ १४ अर्ब र कर्जा तर्फ १३ अर्बले कारोबार बढाएको छ। 

बैंकको कुल ब्याज आम्दानी दुई गुणा बढीले वृद्धि हुँदा ब्याज खर्च समेत ३ गुणाले बढेको छ। यद्दपी बैंकको कारोबारको साइज ठुलो भएकाले खुद ब्याज आम्दानी समेत १३ करोडले बढाएर ३३ करोड पुर्याएको छ। गत बर्ष बैंकिङ प्रणालीमा देखीएको 'लिक्वीडीटि क्रंच' को प्रभाबले बढेको ब्याज खर्चलाई समेत सन्तुलनमा राखी अप्ठ्यारो परिस्थितमा पनि उल्लेख प्रगति गरि बैंकले सकारात्मक संदेश दिएको छ।  

यस अवधिमा सेन्चुरीको चुक्ता पुंजी २ अर्ब ८४ करोडबाट बढेर ५ अर्ब ४० करोड पुगेको छ। पुंजी वृद्धिको अनुपातमा आम्दानी बढाउन नसक्दा बैंकको प्रति सेयर आम्दानी केहि घटेको छ। यस अवधिमा बैंकको इपिएस ७ रुपैयाँ ७५ पैसा छ। यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ४० पैसा तथा मूल्य आम्दानी अनुपात २९.१७ गुणा छ।  

व्यवसाय बिस्तारमा केहि आक्रामक देखिएको सेन्चुरीको कर्जा निक्षेप अनुपातको सिलिंग ७८ प्रतिशत पुगेको छ भने खराब कर्जा अनुपात समेत ०।३९ प्रतिशतबाट बढेर १।७० प्रतिशतमा उक्लिएको छ। 

गत बर्ष १० प्रतिशत बोनस सेयर वितरण र ४० प्रतिशत हकप्रद बिक्रि गरि चुक्ता पुंजी बढाएको सेन्चुरीको जगेडा कोषमा २ अर्ब २२ करोड छ। बैंकले चालु आर्थिक बर्षको कमाईबाट दिने लाभांश घोषणा हुन बाँकी नै छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved