24 Nov, 2017 | ८ मंसिर २०७४ | शुक्रवार


Bizpati Reporter

Follow us on

एनआईसी एशियाको नयाँ शाखा रुकुमको मुसिकोट ५ मा

Posted on:November 09, 2017

एन आई सी एशिया बैंकले रुकुममा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले रुकुमको मुसिकोट न.पा. वडा नं. ०५, बागबजारमा आज बिहिबारबाट नयाँ शाखा संचालनमा ल्याएको हो  । उक्त शाखाको रुकुम जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष   टेक बहादुर पुनले उद्घाटन गरेका हुन्  । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share your thoughts!

Loading...

Trending