ग्लोबल आइएमई बैंकको २० प्रतिशत लाभांश प्रस्ताब पारित भएको छ। बैंकको कात्तिक २३ मा बसेको एघारौँ बार्षिक साधारणसभाले १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश पारित गरेको हो।
१० प्रतिशत बोनस पारित भएपश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ८५ करोड पुगेको छ। साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक ८ गते बुक क्लोज गर्ने निर्णय गरेकाले कात्तिक ५ सम्म कायम शेयरधनीहरुले मात्र आइएमई बैंकको लाभांश पाउनेछन।
बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३५ करोड ३२ लाख रुपैयाँ कमाएको छ। त्यस्तै यस अवधिसम्म बैंकले १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप संकलन गरि ८८ अर्ब ७७ करोड कर्जा लगानी प्रवाह गरेको छ।
हाल अष्ट्रेलिया र भारतमा प्रतिनिधि-सम्पर्क कार्यालय स्थापना गरी ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आएको आइएमई बैंकले लन्डनमा पनि बैकिङ सेवा सुरु गर्ने भएको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले लन्डनमा पनि बैंकिङ कारोबार सुरु गर्न लागिएको जानकारी दिएका हुन्।
त्यस्तै बैंकले १०८ वटा शाखा, १४ राजश्व संकलन काउण्टर, १ सिडिएससि काउण्टर, १२५ एटिएम, ४ एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको