सेयर बजारको भित्री सूचना अध्ययन गर्न सेबोन र राष्ट्र बैंकबीच सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 09, 2017 | 06:41:00 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबिच सूचना आदान प्रदान तथा पारस्परिक सहयोगसम्बन्धि सम्झौता भएको छ। धितोपत्र बजार एवं वित्तीय गतिविधिहरु पारदर्शी बनाउन उदेश्यले अर्थ मन्त्रालयको रोहबरमा यस सम्बन्धि सम्झौता भएको बोर्डले जनाएको छ।   

धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था IOSCO को सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम IOSCO को एशोसियट सदस्य भइसकेको बोर्डले साधारण सदस्यता प्राप्त गर्न धितोपत्र बजारमा हुने कारोवार तथा अन्य गतिविधि सम्बन्धी कसुरको खोज/अनुसन्धान (Investigation) का लागि बैकिङ्ग अभिलेखमा पहुँच हुनुपर्ने प्रावधान अनुसार बोर्ड र राष्ट्र बैंकबीच आपसी सहयोग तथा सूचना आदान प्रदान सम्झौता गरिएको बताईएको छ ।

यस सम्झौताबाट बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रका अन्य धितोपत्र बजारका नियमन निकायसँग धितोपत्र बजारसँग सम्बन्धित कसुरको खोज÷अनुसन्धान मा आवश्यक सहयोग गर्न तथा सहयोग लिन सक्ने महत्वपूर्ण आधार तयार भएको जनाइएको छ। 

साथै नेपालको धितोपत्र बजार सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा प्रयोग हुनेसक्ने जोखिम न्यूनिकरण भई अन्तर्राष्ट्रिय स्तरमा नेपालको धितोपत्र बजारको साख अझ बृद्धि हुने बोर्डको अपेक्षा छ। 

सर्वसाधारण लगानीकर्ताको हितको सुरक्षा सुनिश्चित गर्न वित्तीय क्षेत्रमा हुने गलत कार्यहरु बैंकिङ्ग कसूर तथा धितोपत्रको भित्री कारोवार लगायत अन्य विविध कसूरका कारण धितोपत्र बजारमा हुन सक्ने दुर्घटना रोक्न सम्झौता महत्वपूर्ण हुने बोर्डको दावी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved