एनआईसी एशिया बैंकद्वारा थप २ शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2017 | 12:26:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले थप २ शाखाहरु संचालनमा ल्याएको छ  । बैंकले दार्चुलाको महाकाली नगरपालिका वडा नं. ०४,   र ओखलढुङ्गाको सिद्घिचरण नगरपालिका वडा नं १२ मा नयाँ शाखा स्थापना गरेको हो । 

   आज  कार्तिक २४ गते  महाकाली नगरपालिकाका मेयर  हंस राज भट्टले दार्चुला शाखाको र ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष   ज्ञानेन्द्र कुमार मास्केले  ओखलढुङ्गा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ   ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved