टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको महेन्द्रनगर शाखाको औपचारिक उद्घाटन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2017 | 03:30:36 PM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा कंचनपुर जिल्ला स्थित महेन्द्रनगर शाखाको औपचारिक उद्घाटन गरेको छ । आज कार्तिक २४ मा आयोजित विशेष कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष  पुष्पराज कंडेल तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक   नारायण प्रसाद पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ  ।

 यसैसाथ बैंकको शाखा संख्या ३२ र १ एक्सटेन्सन काउन्टर गरी कुल ३३ पुगेको छ । साथै निकट भविष्यमा बैंकले थप ४ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टर थप्दै चांडै नै कुल शाखा संख्या ३६ र एक्सटेन्सन काउन्टर ५ पुर्याउने लक्ष्यका साथ काम भइरहेको बैंकले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved