हिमालयन बैंकमा खेतानले संचालक पद खोज्दा विवाद उग्र, अप्ठ्यारोमा श्रेष्ठ समुह

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 12, 2017 | 08:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकमा संस्थापक शेयरधनीबीचको विवादले उग्र रुप लिएको छ। बैंकमा चौथो ठुलो हिस्सा भएको म्युचुुअल ट्रेडिङ कम्पनीले सिफारिस गरेको प्रसाद ज्ञवालीलाई सञ्चालक समितिमा नपरेपछि बिबाद चर्किएको हो। 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व ४ बाट ३ मा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि बिबाद चर्किएको हो। 

बैंकको संचालक समितिमा संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले प्रतिनिधित्व गरिरहेका छन्। मनोजबहादुर श्रेष्ठ (एन ट्रेडिङ ) सञ्चालक समितिको अध्यक्ष छन्।

अध्यक्ष मनोजबहादुर र सञ्चालक प्रचण्डबहादुर नरसिंहबहादुरका छोरा हुन्। एन ट्रेडिङको १२.७१ प्रतिशत र छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर छ। आभा इन्टरनेसनल हिमालयशमशेर राणाको हो, जसको ११.३८ प्रतिशत सेयर छ। 

बैंकमा आफ्नो शेयर हिस्स्सा ११.८५ प्रतिशत रहेपनि संचालक समितिमा आफुले सिफारिस गरेको व्यक्ति नपरेको भन्दै खेतान समूहको म्युचुअल ट्रेडिङले बैंकलाई लिखित रुपमा २०१७ अगस्ट २० मा ज्ञवालीलाई संचालक समितिमा राख्न प्रस्ताब गरेको थियो। तर बैंकले ज्ञवालीलाई सञ्चालक नियुक्त गर्न नसकिने जवाफ सेप्टेम्बर १८ मा कम्पनीलाई पठाएको थियो। बैंकले उक्त निवेदन गत असोज ४ गते बैंक सञ्चालक समितिमा पठाएको थियो ।

बैंकले सञ्चालक समितिमा निश्चित संख्याका व्यक्तिलाई मात्र संचालक बनाउन पाउने बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको व्यवस्था अनुसार कम्पनीको प्रस्ताव स्वीकार्य नभएको जवाफ कम्पनीलाई पठाएको थियो। बैंकबाट अपेक्षा बिपरित जवाफ पाएपछी कानुनि उपचार खोज्न कम्पनी रजिष्ट्रारको कार्यालयको शरणमा पुगेको छ।

कम्पनीले आफ्नो प्र्स्ताब कार्यन्वयन नभएको भन्दै विशेष साधारण सभा बोलाइदिन रजिस्टार्ड कार्यालयमा निबेदन पेश गरेको छ। कम्पनीले असोज २२ मा निर्णय कार्यन्वयन गराई दिन आग्रह गर्दै रजिष्टार्ड कार्यालयमा निबेदन दिएको हो। कम्पनीले आफु भन्दा थोरै सेयर भएकालाई सञ्चालक बनाइएको भन्दै आफुहरुको भनाईमा बैंक गैरजिम्मेवार ढंगले प्रस्तुत भएको आरोप लगाएको छ। 

केहि अघिसम्म अरुण केसीले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका थिए। केसीले खेतान समूह छाडेपछि म्युचुअल ट्रेडिङले सञ्चालक समितिबाट उनको मनोनयन फिर्ता गरी प्रसाद ज्ञवालीलाई गत भदौ ८ मा सिफारिस गरेको हो। तर ज्ञवालीको नाम बैंकको सञ्चालक समितिमा प्रवेश नगराइएपछि विवादले उग्र रुप लिएको हो। 

बाफियाले संस्थापक सेयरधनी समूहको सञ्चालक समितिमा प्रतिनिधित्व संख्या चारबाट तीनमा घटाएको छ। हाल बैंकमा पाकिस्तानको हबिव बैंकको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर छ। यी दुवैको प्रतिनिधित्व संचालक समितिमा छ। तर बैंकले ८.८७ प्रतिशत सेयर भएको छाया इन्टरनेसनलको प्रतिनिधित्वलाई निरन्तरता दिएर ११.५७ प्रतिशत सेयर भएको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्वविहीन बनाएकाले बिबाद चर्किएको हो। 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सेयर योगदान मुताविक नयाँ सञ्चालक समिति गठनका लागि उसले विशेष साधारण सभा माग गरेको थियो। बाफियाअनुसार सञ्चालक समिति समायोजन गर्न राष्ट्र बैंकले निर्देशन दिइसकेको छ। तर सञ्चालक समितिले खेतान समूहको माग सुनुवाइ गरेको छैन।

कम्पनीको निबेदन उपर सम्बन्धित निकायहरुबाट लामो समयसम्म कुनै निर्णय नहुँदा बिबाद झनै बल्झिएको हो। यो बिबादले कस्तो रुप लेला भन्ने जनचाँसो छ। 

बैंक लामो समयदेखि अध्यक्ष श्रेष्ठ र सीईओ राणाबीच विवाद जारि छ। यद्दपी स्वार्थ मिल्दा दुवै एकै ठाउमा उभिने गरिएको बताइएको छ। सन १९९३ मा स्थापना भएको बैंक आपसी खिचातानी र बिबादमा फस्दै जाँदा अन्य बैंकसंगको तुलनामा अपेक्षित वृद्धि हासिल गर्न सकेको छैन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved