दोहामा सिटिजन्स बैंक र दोहा बैंक बीच रेमिट्यान्स सम्झौता सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2017 | 03:14:47 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्ध ,समुन्नत नेपालको सारथिको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंक बीच विप्रे्रषण सम्बन्धी सम्झौता भएको छ । कतारको राजधानी दोहामा एक भव्य कार्यक्रम बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कतारका लागी नेपालका राजदूत रमेश कोइरालाको समुपस्थितिमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत   राजन सिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

यस सम्झौता बमोजिम अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रीका, दक्षिण कोरिया, अस्ट्रेलिया,टर्की,बेलायत,क्यानाडा,बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको विप्रे्रषणप्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको विप्रे्रषण रकम सरल र सहज रूपमा  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेपाल भर रहेको ६६ वटा शाखाहरु र ४००० भन्दा बढी सहायक प्रतिनिधिहरु रहेको सञ्जालबाट सरल र सहज रूपमा भुक्तानी पाउन सकिने छ ।

 हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेआफ्नो उच्च व्यवसायिकता तथा दक्षताका साथ देशमा विस्तृत रुपमा फैलिएको आफ्नो आन्तरिक सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउँदै आएकोछ । देशैभरी फैलिएका यस बैंकको ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको तथा सिटिजन्स रेमिटले देशको कुना काप्चाबाट समेत जनताको सेवा पुर्याउदै आएको कुरा पनि बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी गराए  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved