सांग्रिला डेभलपमेन्ट बैंकले दियो कर्मचारीलाई १ दिने प्रशिक्षण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 13, 2017 | 09:32:35 PM मा प्रकाशित

laxmi  sunrise bank

साँग्रिला डेभलपमेन्ट बैंकले बैंकका क्षेत्रीय तथा शाखा प्रमुुखहरुलाई एक दिने प्रशिक्षण दिएको छ। प्रशिक्षणमा बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकलीले बैंकको चालुु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगतिको समिक्षा गरेका थिए । 

त्यस्तै उनीहरुले बैंकको भावी योजना, कार्यक्रम तथा रणनीतिको बारेमा सम्पूर्ण क्षेत्रीय तथा शाखा प्रमुुखहरुलाई जानकारी तथा निर्देशन दिएका थिए । केएफए कार्यकारी अध्यक्ष रेश्ता झाले प्रशिक्षार्थीहरुलाई मार्केटिङ्ग तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिए।

उक्त प्रशिक्षण कार्यक्रममा बैंकका ३६ वटै शाखाका प्रमुख सहित बिभागीय प्रमुख गरि जम्मा ५१ जनाको सहभागिता रहेको बैंकका नायब प्रमुुख कार्यकारी अधिकृत थकलीले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved