यस कारण अदालतले रोक्यो सनराइज बैंकको साधारणसभा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 08:14:32 AM मा प्रकाशित

laxmi  sunrise bank

पाटन उच्च अदालतको अन्तरिम आदेश पश्चात सनराइज बैंकको बार्षिक साधारणसभा स्थगित भएको छ। बैंकले आउँदो बिहिबारका लागि साधारणसभा डाकेको थियो। 

संचालकको चयन विवाद अदालत पुगेपछि पाटन उच्च अदालतले बैंकलाई तत्काल कुनै काम नगर्न र नगराउन अन्तरिम आदेश जारि गरेको हो। बैंक बिरुद्द परेको रिट उपर निर्णय गर्दै पाटन अदालतले जारी गरेको अन्तरिम आदेश कात्तिक २४ गते प्राप्त भएको बैंकले जानकारी दिएको छ। 

पाटन उच्च अदालतको आदेश पश्चात बैंकको कात्तिक २६ मा बसेको संचालक समितिको बैठकले अर्को सूचना जारि नहुँदासम्मका लागि सम्पूर्ण काम कारबाही यथावत राख्दै तत्काललाई दशौँ बार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो।  

निर्वाचन कार्य स्थगित गरेर साधारणसभा मात्र गर्दा संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालकको कार्यकाल सम्पन्न भई साधारणतर्फको ३ र स्वतन्त्र १ गरी ४ जना मात्र सञ्चालक बाँकी रहन गई अल्पमतमा पर्न र बहुमत नभई सञ्चालक समिति बैठक बस्न नसक्ने बैंकको निष्कर्ष छ।

बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, बाफिया ऐन अनुसार दशौँ बार्षिक साधारणसभाबाट ७ जना संचालक चयन गर्दै थियो। बाफिया ऐन अनुसार नै बैंकले ३ जना संथापक, ३ जना सर्वसाधारण र एक जना विशेषज्ञ गरि ७ जना संचालक चयन गर्ने तयारीमा थियो। तर संस्थापक संचालकमा नै विवाद भएको खुल्न आएको छ।   

कात्तिक ३० गते डाकेको साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका समेत बन्द भएर शेयर मुल्य समेत समायोजन भईसकेको थियो। बैंकले कात्तिक ३० गतेको साधारणसभा मार्फत १५ प्रतिशत बोनस शेयर प्रस्ताब पारित गर्दै थियो। तर साधारणसभा स्थगित भएसंगै यो अवस्था अब के हुन्छ भन्ने अन्यौल बढेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved