21 Oct, 2018 | ४ कार्तिक २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

Posted on:November 14, 2017

citizen bank

व्यवसाय बिस्तारमा आक्रामक बन्दै एनआईसी एसियाले शाखा बिस्तारलाई तिब्र बनाएको छ। यसै क्रममा बैंकले आज प्युठानको जुम्रीमा नयाँ शाखा संचालनमा ल्याएको छ। 

उक्त शाखाको प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले उद्घाटन गरेका छन। उक्त क्षेत्रमा शाखा संचालनमा आएसंगै स्थानीयहरुलाई बैंकिङ सुविधामा सहज हुने बैंकको बिश्वास छ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ । 

बैंकले हाल देशभर रहेका आफ्ना १३७ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी pso मेशिनमार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।





Share your thoughts!

Loading...

Trending