ज्योति बिकास बैंकद्वारा मकवानपुरको फापरबारीमा र हेटौंडा बजारमा शाखा संचालनमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 09:57:08 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको वाग्मती गाउँपालिका वडा नं. ६, फापरबारीमा नयाँ शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको छ । 


उक्त शाखा कार्यालयको उद्घाटन वाग्मती गाउँपालिकाका प्रमुख सर्केस घलानजले गरे। स्थानीय तहमा बैंकिङ्ग पहुँच नपुगेको स्थानमा बैंकको शाखा खोल्ने क्रममा आधुनिक बैंकिङ्ग सुविधा सहितको उक्त शाखा स्थापना गरिएको बैंकले जनाएको छ। उक्त स्थान हेटौंडाबाट ४८ कि.मि. दक्षिण पूर्वमा पर्दछ । 

ग्रामिण भेगलाई प्राथमिकताका साथ शाखा संजाल बिस्तार गरी कृषि उत्पादन, पशुपालन, फलफूल खेतीमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने बैंकको भनाइ छ।

यस शाखा मार्फत बैंकले वाग्मती गाउँपालिका तथा छिमेकी गाउँपालिका लगाएत मकवानपुर जिल्लाका अरु गाउँपालिकाहरुका कृषक, उद्योेगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा सर्वसाधारणहरुले बचत, कर्जा सँगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास लिएको छ । 

मकवानपुरको हेटौडा बजारमा नयाँ शाखा


त्यसै गरि बैंकले कात्तिक २८ देखि मकवानपुरको हेटौडा बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ। यस शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, बीरगन्जका प्रमुख, निर्देशक रबिन्द्र महर्जनले गरे।

उद्घाटन अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराए।   

उक्त शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आर्थिक बर्षको नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved