४ महिना ढिला गरि ब्याजदर करिडोर लागू, राष्ट्र बैंकले १५ अर्ब बजारबाट उठाउदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 01:48:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आजबाट ब्याजदर करिडोर लागू गरेको छ। बिगतमा चैतदेखि करिडोर लागू हुने गरेकोमा यस पटक राष्ट्र बैंकले आर्थिक बर्ष सुरु भएको चार महिना पछि मात्र ब्याजदर करिडोर लागू गरेको हो। 

बैंकिङ प्रणालीमा तरलता अभाब भएको चर्चा हुँदै गर्दा राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेको हो। ब्याजदर करिडोर सम्बन्धी कार्यविधि २०७४ लाई गभर्नर डा चिरिन्जीबी नेपालले कात्तिक १७ गते स्वीकृत गरेपछि ब्याजदर करिडोर लागू भएको राष्ट्र बैंकले जनाएको छ।

बैंकहरुले तरलता अभाब भएको बताउदै गर्दा राष्ट्र बैंकले भने बैंकिङ प्रणालीमा २० अर्ब बढी तरलता रहेकाले ब्याजदर करिडोर लागू गर्नु परेको  बताएको छ। मौद्रिक नीति र सरकारको वित्त नीतिबीच तालमेल मिलाउन राष्ट्र बैंकले केहि ढिला गरि करिडोर कार्यन्वयन गर्नु परेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए।

राष्ट्र बैंकले बैंकिङ संस्थासंग अनिवार्य तरलता अनुपात (सिआरआर) बाहेक तरलता बढी भए त्यसलाई खिच्ने गर्छ। त्यस्तै तरलता कम भए छाड्छ। यसका लागि बैंकहरुले आपसमा गर्ने सापटी कारोबारको ब्याज दर (अन्तर बैंक दर) लाई आधारका रुपमा लिने गर्छ। 

राष्ट्र बैंकले ब्याज दर करीडोर लागू गरेको दिन नै बजारबाट १५ अर्ब रुपैयाँ उठाएको छ। ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा २ हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत रहेको छ ।   

३ प्रतिशत भन्दा फरक ब्याज दर प्रस्ताव नगर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । २ साताका लागि उठाइएको रकम आगामी मंसिर १३ गते परिपक्व हुने छ । 

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved