'पहिलो बन्दै' एनआईबिएल क्यापिटलले गर्यो शाखा बिस्तार, पोखराबाट पनि सेवा दिने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 02:49:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइबिएल क्यापिटलले मर्चेन्ट बैंकहरुमै 'पहिलो' बन्दै आफ्नो शाखा विस्तार गरेको छ। क्यापिटलले उपत्यका भित्र लगनखेल ललितपुर तथा उपत्यका बाहिर चिप्लेढुङ्गा पोखरामा मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका विभिन्न सेवाहरु सर्वसुलभ तरिकाले प्रदान गर्न आफ्नो शाखा बिस्तार गरेको हो। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले एक समारोह बीच लगनखेल, ललितपुर स्थित शाखा कार्यालय उद्घाटन गरे। उद्घाटन समारोहमा इन्भेष्टमेन्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, एनआईबिएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल, एनआईबिएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे, नेपाल धितोपत्र बोर्डका प्रतिनिधीहरु लगायत नेपाल इन्भेष्टमेन्ट बैंक लि. र एनआईविएल क्यापिटल मार्केटस् लि. का उच्च पदाधिकारीहरु समेतको उपस्थिति थियो। 

क्यापिटलले पहिलो चरणमा दुई वटा शाखा विस्तार गरेको हो। निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा समेत शाखा कार्यालयहरु खोलि  सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवा दिने क्यापिटलले जनाएको छ। 

एनआइबिएलले मर्चेन्ट बैकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रेशन, धितोपत्रको प्रत्याभुति सेवा लगायत सामुहिक लगानी कोष, निक्षेप सदस्य तथा लगानी व्यवस्थापनको सेवाहरु आफ्नो सेवाग्राहीहरुलाई प्रदान गर्दै आइरहेको छ।  

निकट भविष्यमा नेपाल धितोपत्र बोर्डको स्वीकृती लिई परामर्श सेवाहरु समेत संचालनमा ल्याउने बताइएको छ। हाल यस कम्पनीले बैंक÷वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३१ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved