ज्योति विकास बैंकको भरतपुर शाखा स्थानान्तरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 06:05:39 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लिमिटेडको चितवनको भरतपुर शाखा कार्यालय पारस बसपार्क भरतपुरबाट हाकिमचोकमा स्थानान्तरण गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । 

औपचारिक रुपमा स्थानान्तरणको उद्घाटन विकास बैंकका संचलकज्यूहरु छत्रमान श्रेष्ठ, धुर्ब कोइराला र जगदीश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे। 

बैंकले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ र २८ गते मकवानपुर जिल्लाको बागमती गाउँपालिका फापरबारी र हेटौडा बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ।

हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आर्थिक बर्षको नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved