सानिमा बैंक र एक्सिस बैंक भारत बिच रेमिट्यान्स सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 05:46:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक र एक्सिस बैंक भारतबिच रेमिट्यान्स सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा सानिमाको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र एक्सिसको तर्फबाट वित्तिय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका छन।

सम्झौता अनुसार सानिमाको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखा लगायत नेपालभरि ७००० भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ । भारतबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न पनि सकिनेछ ।    

आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यू.ए.ई, कतार, यू.के, कोरिया लगायत विश्वभरिबाट तथा एक्सप्रेस मनिको सहकार्यमा रेमिट्यान्स सेवा दिदै आइरहेको छ ।  

बैंकले छिटै आफनो रेमिट्यान्स सेवा अरु देशहरुबाट पनि संचालनमा ल्याउने तयारी गरीरहेको छ । यस सम्झौता अनुरुप सानिमा बैंक मार्फत सजिलो र भरपर्दाे माध्यमबाट भारतमा बस्ने नेपालीहरु रेमिट्यान्स सेवा लिन सकने बैंकले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved