टुहुरा तथा असहय बालबालिकाहरुलाई महालक्ष्मी विकास बैंकको मल्हम, ३५ हजार सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2017 | 02:11:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल मानव सेवा आश्रमका बालबालिकालाई सहयोग प्रदान गरेको छ । “आजका बालबालिका भोलिका कर्णधार”भन्ने नारालाई आत्मसाथ गर्दैे बैंकको गोंगबु शाखाले १७ जना टुहुरा तथा असहय बालबालिकाहरुलाई हेरचाह गरेर बसेको जरंखु, गोंगबु स्थित नेपाल मानव सेवा आश्रमलाई सहयोग स्वरुप करिब रु. ३५,०००÷– बराबरको तल्ले खाट उपलब्ध गराएको हो ।

 संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.ले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved