ज्योति विकास बैंकको नयाँ शाखा कैलालीको धनगढीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2017 | 02:20:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७४ सालमंसिर ६ गते बुधबारदेखि कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका , चौराहमा नयाँ शाखाकार्यालय स्थापना गरी  औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयकोद्घाटन नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक  धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर   नृप बहादुर वडले संयुक्त रुपमा गरेका हुन् । गत हप्ता भित्र मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामिण भेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नँया शाखा संचालनमा ल्याएको थियो ।

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रमका सभापति एंव बैंकको संचालक समितिका सदस्यजगदीश्वर प्रसाद अधिकारीले जानकारी गराउ । उक्त कार्यक्रममा विशेष अतिथि कैलालीजिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बैंकको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए कार्यक्रममा बैंकको संचालक  समितिका सदस्यहरु, बैंकका नायब प्रमुख अधिकृत मनोज कुमार ज्ञवाली, उपमहानगरपालिका ४ नम्बर वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

२०६५ सालश्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने बैंकले जनाएको छ । 

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलनतथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved