टुरिजमलाई मर्ज गर्न मेगा बैंकले डाक्यो बिशेष साधारणसभा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 08:24:03 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गर्ने प्रस्ताब राखेर पुष ४ मा बिशेष साधारणसभा डाकेको छ। मेगा र टुरिजमबीचको स्वापमा बिबाद देखिएपछी मेगा बैंकले मंसिर ४ मा डाकेको बिशेष साधारण सभा स्थगित भएपछि पुष ४ मा साधारणसभा डाकेको हो। 

संचालक समितिले पुर्व सम्झौता अनुसार टुरिजमलाई ९५ प्रतिशत स्वाप दिनुपर्ने अडान राख्दा बैंकका शेयरधनीहरुले भने दुबै बैंकको चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) बाट आएको स्वाप रेशियो ९१.९७ प्रतिशतमा नै टुरिजमसंग मर्जरमा जानु पर्ने दबाब दिंदै आएका छन।   

यद्दपी विशेष साधारण सभामा आवश्यक कोरम नपुगेकाले मर्जरजस्तो महत्वपूर्ण निर्णय लिनका लागि अर्को साधारणसभा आह्वान गर्न परेको बैंकको दाबि छ।

मर्जरमा जाने प्रस्ताब राखेर दुबै बैंकले एकै दिन साधारणसभा सभा डाकेपनि टुरिजमबाट मात्र मर्जर प्रस्ताब पारित भएकाले मर्जर प्रक्रिया नै अन्यौलता देखिएको छ। तर मेगालाई मर्जर प्रस्ताब पारित गराउन अब गणकपुरक संख्या २५ प्रतिशत मात्र भएपनि सभा हुनेछ।    

टुरिजमले मेगासंग ९५ प्रतिशतको स्वाप अनुपातमा मर्ज हुनेगरि प्रस्ताब पारित गरिसकेको छ। यथास्तिथिमा टुरिजम् र मेगा बैंक गाभिएपछी बन्ने मेगा बैंकको चुक्तापूँजी झण्डै साँढे दश अर्ब पुग्नेछ।  

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved