सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा संचालन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 04:15:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ। भाइबर सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल, ल्यापटप, ट्यावलेट, कम्यूटर लगायतबाट रेमिट्यान्स सेवाको सम्पुर्ण जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। 

ग्राहकरुले सिटी एक्सप्रेसको भाइबर सेवामार्फत आफूले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी समेत लिन सक्नेछन्।

यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र नभएर जो सुकैले पनि उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ।सञ्जाल विस्तारको लागि सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना करिब ५ हजार भन्दा बढी एजेन्ट मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved