सिटिजन्स बैंक मार्फत अस्ट्रेलियन डलरको कारोबार गर्न सकिने, अस्ट्रेलिया जानेलाई सहज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2017 | 10:10:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड मार्फत अस्ट्रेलियन डलरको कारोबार गर्न सकिने भएको छ  । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर खाताखोली अष्ट्रेलियन डलरको कारोबार सरल रुपमा सुचारु गरेको हो  ।

यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

साथै भविष्यमा पनि बैंकले यस किसिमका सुबिधाहरु आफ्ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved