महालक्ष्मी विकास बैँकद्वारा एकै दिन ४ नयाँ शाखा स्थापना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2017 | 02:20:02 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैँक लि. ले आज बिहिबार एकै दिन ४ नयाँ शाखा संचालन मा ल्याएको छ  । बैंकले बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी चार शाखाहरुबाट एकै साथ मिति २०७४÷०८÷१४ गते बिहिबारदेखि बंैकिङ्ग कारोबार सञ्चालन गरेको हो ।

सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा शाखाहरु सञ्चालन गरेर महालक्ष्मी विकास बैँक लि. उक्त स्थानहरुमा शाखा खोल्ने प्रथम राष्ट्रियस्तरको विकास बैँक बन्न सफल भएको छ । नयाँ शाखाहरुसहित बैँकको शाखा संख्या ७० पुगेको छ भने एटिएम संख्या ३५ रहेको छ । बैंकले छिटै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।  

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैँक लि. ले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपँैया निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved