म्याग्दे गाँउपालिकाको पहिलो बैंकको रुपमा ज्योति विकास बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2017 | 03:41:40 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७४ साल मंसिर १३ गते बुधबारदेखि तनहूँ जिल्लाको म्याग्दे गाँउपालिका ४, थर्पू बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्याएको छ । म्याग्दे गाँउपालिका भित्र पहिलो बैंकको रुपमा ज्योतिविकास बैंकको यो थर्पू शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो । उक्त शाखाकार्यालयको उद्घाटन   प्रमुख अतिथि म्याग्दे गाँउपालिका प्रमुख   माया देवी राना आले तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् । 

पवित्र स्थल देवघाटमा देवघाट शाखा र यस थर्पू शाखा गरी बैंकको तनहूँ जिल्लामामात्रै २ वटा शाखा कार्यालय भएका छन् । गत २ हप्तामा ज्योतिविकास बैंकले मकवानपुर जिल्लाको ग्रामीणभेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपु र, काठमाडौंको नेपालटारमा र कैलालीको धनगढीमा नँया शाखा संचालनमा ल्याएको थियो । 

 २०६५ सालश्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखाकार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउदै आएको छ  । 

हालसम्म विकास बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँनिक्षेप संकलनतथा १० अर्व ८७ करोड रुपैयाँकर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ । गतआ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved