ग्लोबल आइएमईको सीइओमा जनक शर्मा पौड्याल नियुक्त, ३० बर्षे बैंकिङ अनुभव

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 06:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरिएको छ। बैंकको मङ्सिर १३ गते बसेको संचालक समितिको बैठकले यस अघि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । 

पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालि सकेका छन्। उनले १९८७ मा नबिल बैंकमा इन्ट्रि लेभल मार्फत आफ्नो करियर सुरु गरका हुन।

एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच वर्ष काम गरे पश्चात फेरी लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न त्यहाँ   गएका थिए।

लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि बेलायत गए। बेलायतबाट एमबिए गरेका पौड्यालले त्यहाँको बैंकमा पनि ४ बर्ष बढी काम गरे। 

बेलायतबाट फर्के लगत्तै पौड्यालले तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरे । उनि  महाप्रबन्धकबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु प्रमुख कार्यकारी अधिकृत हुदै उनी ग्लोबल आइएमई बैंक को प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन भएका हुन।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved