माछापुच्छ्रे बैंकको १५ प्रतिशत लाभांश प्रस्ताब पारित, चुक्ता पुंजी ८ अर्ब नाघ्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 01, 2017 | 04:10:14 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकको संचालक समितिले प्रस्ताब गरेको लाभांश प्रस्ताब पारित भएको छ। बैंकको पोखरामा बसेको साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश पारित गरेको हो। 

बैंकको साधारणसभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ। साथै बैंकले यस अवसरमा नयाँ बजार, पोखरा स्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ।

साधारणसभाले लाभांश प्रस्ताब पारित गरे पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ५ करोड पुगेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने ६० अर्ब ३० करोड निक्षेप संकलन गरी ५४ अर्ब ४२ करोड कर्जा परिचालन गरेको छ।   

हाल बैंकले ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा मार्फत पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मका ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै बैंकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved