एनएमबि माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस प्रस्ताब पारित, ट्याब्लेट बैकिङ कारोवार शुरु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 03, 2017 | 09:50:14 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको २५ प्रतिशत बोनस प्रस्ताब पारित भएको छ। लघुवित्तको पोखरामा सम्पन्न साधारणसभाले संचालक समितिको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि चौध लाख बयासी हजार आठ सय पन्चानब्बे रुपैया नगद लाभांश प्रस्ताब पारित गरेको हो।

लाभांश प्रस्ताब पारित भए पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी १४ करोड ८ लाख ७५ हजार पुगेको छ। १० जिल्लाबाट राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नति भएको यस लघुवित्तले हाल ६७ वटा शाखा मार्फत लघुवित्त सेवा दिंदै आएको छ। 

साधारणसभाको अवसरमा माइक्रोफाइनान्सले वित्तीय संस्थाका ग्राहक र कर्मचारीहरुलाई छिटो छरितो रुपमा केन्द्र बैठक संचालन गर्नको लागि आधुनिक प्रविधिको उपयोग गर्दै जाने क्रममा ट्याब्लेट बैंकिङ सेवाको उद्घाटन गरिएको छ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले हाल देशका ३८ वटा जिल्लाहरुमा ६७ वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्त सेवा दिंदै आएको छ। 

२०७४ कात्तिक मसान्तसम्ममा ६४,१५२ जना महिला सदस्यहरुलाई प्रत्यक्ष रुपमा लघुवित्त सेवा प्रदान गर्दै आएको जनाईएको छ । यस वित्तीय संस्थाको हाल करीव २ अर्व ७४ लाख कर्जा लगानी र निक्षेप करीव र४८ करोड रहेको जनाईएको छ। एनएमबि बैंक यस लघुवित्तको प्यारेन्ट कम्पनी हो।       


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved