माछापुच्छ्रे बैंकद्वारा प्रभातफेरी कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2017 | 11:20:24 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे  बैंकले उन्नाईसौं वार्षिक साधारण सभाको उपलक्ष्यमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम संचाल नगरेको छ । बसुन्धरा पार्कबाट सुरु भएको उक्त कार्यक्रम हल्लनचोकबाट पुनःबसुन्धरा पार्कमापुगेर समापन भएको थियो । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा वित्तिय  साक्षरता अन्तर्गत बैकिङ्ग सचेतना जगाउने, बैकिङ्ग सेवाको फाइदा, सफानोटको महत्व, डेबिट÷क्रेडिट कार्डको उपयोग र यसको फाइदा इत्यादिको बारेमा विभिन्न जानकारी दिएको थियो ।

बैंकले आ.व. २०७४।७५को पहिलो त्रैमास सम्ममा रु. २८ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको छ साथै  हाल बैंकले रु ६४अर्व ५१ करोड निक्षेप परिचालन गरी रु. ५६अर्व ६६ करोड कर्जा प्रवाह गरेको छ । गतमंसिर १५ गते बसेको बैंकका वार्षिक साधारण सभाले ९ प्रतिशतबोनस शेयर र ६ प्रतिशत नगदलाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत७शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा७३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग  सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved