सिटिजन्स बैंकको ६७ औं शाखा दाङको बंगलाचुलीमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 11, 2017 | 06:35:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले दाङको बंगलाचुलीमा आफ्नो शाखा संचालनमा ल्याएको छ। बैंकको यो ६७ औं शाखा हो। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाको उदघाटन गरे। 

उक्त समारोहमा स्थानीय निकायका सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो।शाखाका इन्चार्ज सुशील पोखरेलले सो क्षेत्रमा कृषिकर्जा , पशु पालन, तथा अन्यव्यवसायिक क्षेत्रमा प्रशस्त लगानी गर्ने उदेश्य रहेको जानकारी दिए।

यसअघि बैंकले पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरही र दाङको बंगलाचुली गरी सात शाखा संचालनमा ल्याएको छ।


हाल सम्म ७४४ स्थानीय तह मध्य ३ सय ३२ वटा मात्रै क वर्गको बैंक पुगीरहँदा यस बैंकको गाउँ गाउँमा शाखा विस्तार गर्ने योजनाले संघीयतालाई दह्रो बनाउन अतुलनीय भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ। सबै नेपालीको बैंक खाता भन्ने नीति अबलम्बन गरेको सिटिजन बैंकले पाल्पाको छहरा ,नवलपरासीको भुमही ,मकवानपुरको मनहरी ,बर्दियाको बढैयाताल ,झापाको हल्दिबारी ,महोत्तरीको औरहिमा शाखा संचालनमा ल्याएको छ। 

शाखा संचालनको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले गटेरा प्राथमिक विद्यालयलाई १ थान र धापा निम्न माध्यमिक विद्यालयलाई १ थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ।

                


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved