अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2017 | 03:16:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलवार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर सरोज शर्मा ढुगांना बीच सम्झौता पत्र आदन–प्रदान भएको छ । 

मंसिर २८ गते संचालन हुने एक दिवसीय फुटसल प्रतियोगिता सम्झौता पश्चात  एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगिताको नामले संचालन हुने भएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत  सेठले सम्झौता पत्रमा हस्ताक्षर पश्चात राष्ट्रको गौरब बढाउने  एकताको प्रतिक खेलक्षेत्रसग हाम्रो संस्था जोडिन पाउदा गौरवान्बित भएको धारणा ब्यक्त गरे ।

त्यस्तै आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर  ढुगांनाले दिगो दरिलो बिश्वासिलो स्लोगनका साथ प्रतिस्ठा कमाएको एभरेष्ट बैंकले खेलक्षेत्रमा पुर्याएको सहयोग प्रति आभार ब्यक्त गरे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved